About Us (हाम्रो बारेमा)

बिद्यालयको परिचय:

यस श्री भागेश्वर माध्यमिक बिद्यालय सुदुर पश्चिम प्रदेश को डडेल्धुरा जिल्लाअन्र्तगत परशुराम नगर पालिका वडा न ४ कटालमा अवस्थित रहेको छ । डडेल्धुरा जिल्ला सदरमुकाम बाट ८० किमि तथा जोगबुडा परशुरामधाम सडक संग जोडिएको छ । बि स २०३२ सालमा स्थापना भइ २०३५ साल मा नि मा बि तह, २०५६ साल बाट मा बि तह, २०६६ सालमा साबिक उ माबि तह र २०७६ साल देखि पुर्ण सरकारी अनुदानमा कक्षा ९—१२ प्राबिधिकधार तर्फ बाली बिज्ञान बिषयको अध्यापन कार्य सुरु भएको हो । यहाका आम अभिभावक ,बुद्धिजिबी ,समाजसेबी साथ सहयोगले यस बिद्यालयले शैक्षिक क्षेत्रमा नमुना योग्य नौलो आयाम हरु गर्दै आएको छ । बिद्यालयको समग्र बिकासका लागि सरोकारवाला सबैको साथ सहयोग र बिश्वासका कारण यो बिद्यालयले समग्र भित्रि मदेशको शैक्षिक स्तरमा सुधार ल्याउन प्रयत्नसिल रहेको छ ।

बिद्यालयको उद्देश्य

बदलिदो समय अनुकुल हुने गरि बिश्वबजारीकरणमा सामाजिक रुपले चेतनसिल ब्यवहारिक तथा प्राबिबिधक ज्ञान सिपको उचचतम स्तर सहितको आत्मनिर्भर अनुशासित ,आर्दश देशभक्त जनशक्ती उत्पादन गर्ने यस बिद्यालयको प्रमुख उद्देश्य रहेको छ ।

बिद्यालयको प्रतिबद्धता

बिद्यालयको उद्देश्य प्राप्तीका लागि आधुनिक प्रबिधि नबिनतम बैज्ञानिक पद्धती तथा शैक्षिक सामाग्रीको प्रयो गर्दै बिद्यार्थीहरुमा ब्यवसायिक ब्यवहारिक र जिवननोपयोगी सीपको बिकास गर्न र सामाजिक चेतना मार्फत यहाँका जिवनस्तरमा सुधार गर्न बिद्यालय सधै प्रतिबद्ध रहने छ ।
बिद्यालयका आर्कषणहरु

१. प्राबिधिकधार तर्फ बाली बिज्ञान बिषय पुर्ण सरकारी अनुदानमा सञ्चालित भएको
२. साधारणधार तर्फ बाणिज्य (ऋयmmभचअभ) शिक्षा(भ्मगअबतष्यल)संकायका कक्षा सञ्चालन भइ रहेका
३. इन्टरनेटको सुविधा सहितको कम्प्युटर ल्याबको ब्यवस्था भएको
४. एचयवभअतयच क्ष्ऋत् ल्याब ,स्मार्ट बोर्ड तथा मल्टिमिडियाको प्रयोग गरि कक्षा सञ्चलन गरिने ।
५. अनुभवी दक्ष तथा तालिम प्राप्त शिक्षक तथा शिक्षिकाहरु द्धारा पठन पाठन गरिने
६. सम्पुर्ण कक्षा बिषय तथा आवश्यक पुस्तकहरु पुस्तकालयमा उपलब्ध रहेको ।
७. सबै कक्षका अंग्रेजी, गणित, बिज्ञान, भौतिक बिज्ञान, जिव बिज्ञान, रसायन बिज्ञान ,लेखा आदि बिषयका निशुल्क थप कक्षाको ब्यवस्था भएको
८. सबै कक्षाका लागि पुर्ण हुने भौतिक रसायन तथा जिव बिज्ञानको अलग अलग प्रयोगशाला भएको
९ प्रयाप्त खेलमैदान भएको तथा खेलकुदको बिकासका लागि उपयुक्त वातावरण दिइने
१०. बाल मैत्री वातावरण अध्यापन गरिने
११. नेपाल सरकार तथा बिद्यालयको आन्तरिक स्रोतबाट बिभिन्न प्रकारको छात्रबृतीको ब्यवस्था भएको
१२. परशुराम नगर पालिका बाट प्राबिधिक धारमा अध्ययनरत बिद्यार्थीको लागि बिशेष छात्रबृतीको ब्यवस्था गरिएको
१३. बिद्यालय हाता भित्र ब्यवस्थीत चमेना गृह सञ्चालनमा रहेको
१४. सम्पुर्ण प्रशासनिक कार्य ब्यवस्थीत गर्न तहगत रुपमा संयोजकको ब्यवस्था गरिएको
१५. स्थानिय किसान संग अन्र्तक्रिया गरि विद्यालय का प्रबिधिकधारका बिद्यार्थीलाई समुदाय संग जोडने प्रयास गरिएको
१६. प्राबिधिकधार तर्फ कक्षा १० र १२ शैक्षिक भ्रमण तथा साधारणधार तर्फ कक्षा १२मा शैक्षिक भ्रमणको ब्यवस्था गरिएको
१७.बिद्यार्थीको सिर्जनात्मक क्रियाकलापहरु प्रर्दशन गर्न ५०० जना बस्न सकिने प्रर्दशनी हलको ब्यवस्था भएको

पुस्तकालय

बिद्यालयमा सञ्चालन भएका सबै तह संकायका सम्पुर्ण पाठयपुस्तक रिफरेन्स बुक सहयोगी पुस्तक लगायत धार्मीक तथा आध्यात्मीक पुस्तकहरुका साथै उचयवभअतयच सम्पुर्ण क्ष्ऋत् सामाग्री सहितको पुस्तकालयको ब्यवस्था रहेको छ ।

प्रयोगशाला

सम्पुर्ण कक्षाका लागि उपयुक्त हुने गरि क्ष्ऋत् ल्याब ,कृषी तथा बिज्ञान बिषयका प्रयोगात्मक कक्षा सञ्चालन गर्न एजथकष्अक,अजझष्कतचथ, दष्ययिनथ, तथा ब्नचष्अगतिगचभ बिभिन्न बिषयको छुटट छुटट्ै ल्याब को ब्यवस्था गरिएको छ ।
अतिरिक्त क्रियाकलाप बिद्यालयमा सञ्चालन हुने नियमित कक्षाहरु बाहेक बिद्यालयले सम्पुर्ण बिद्यार्थीहरु समेटिने गरि बिभिन्न खेलकुदका साथै बिभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिइ बिद्यार्थीको चौतर्फी बिकासका लागि प्रयास गरिएको छ । यसका साथै बिभिन्न प्रयोगितामा समेत सहभागी गरिदै आएको छ।
बाली विज्ञान बिषय किन पढ्ने ?

  •   माटो ,परिबेश तथा समय सापेक्ष सुहाउँदो ज्ञान तथा सिप हासिल गर्न
  • स्थानिय स्तरमा रोजगारीका थुप्रै अवसर प्राप्त हुन सक्ने ।
  • आफैले ब्यवसाय सञ्चालन गरि सफल ब्यवसायी भइ स्वरोजगार बनी बेरोजगारी समस्या समाधान गर्न सकिने ।
  • बिभिन्न तहको सरकारी सेवामा तथा गैह्रसरकारी सेवामा प्रबेश गर्न सकिने
  • बैदेशिक रोजगारीमा समेत राम्रो अवसर प्राप्त गर्न सकिने
  • आफ्नो श्रम सिप मेहनत पसिना आफनै ठाउमा दिइ आफ्नो गाउ तथा देश निर्माणमा योगदान दिन सकिने
  • माथिल्लो तहमा प्राबिधिक बिषय पढन सहज हुने तथा पछि जुन सुखै बिषयमा पनि भर्ना हुन सकिने ।
  • पढदा पढदै कमाउन सिकाइ बिद्यार्थीलाइ आत्मनिर्भर बनाउन प्रयास गरिने
  • निःशुल्क भएकाले बिपन्न बर्गको प्राबिधिक शिक्षामा पहुच हुने